WWW.DALSINGTARA.COM. अनलाईन साहित्यिक पत्रिका – बिबिध बिषयहरुको संगालो

( कला, साहित्य र संस्कृतिको संगम- हामीलाई आफ्नो मौलिक लेख रचनाहरु पठाउनुहोस. उचित लागे प्रकाशित गरिनेछ..सम्पर्क इमेल : dalsingtara@gmail.com, OR facebook.com/dalsing.tara

स्वर्गिय कवि कृष्ण भूषण बलको श्रद्धाञ्जली सभा अमेरिकाको क्यालिफोर्नियामा


स्वर्गिय कवि कृष्ण भूषण बलको श्रद्धाञ्जली सभा अमेरिकाको क्यालिफोर्नियामा

क्यालिफोर्निया – स्वर्गिय कवि कृष्ण भूषण बलको श्रद्धाञ्जली सभा अमेरिकाको क्यालिफोर्नियामा यहि जुलाई २२को साँझ एक बिशेष कार्यक्रमको रुपमा सम्पन्न भयो। साहित्यकार तथा पत्रकार श्री गोविन्द गिरी “प्रेरणा” को प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन नाफकाका अध्यक्ष तथा गीतकार बासु ढकालले गरेका थिए, कार्यक्रममा उपस्तिथ सम्पूर्ण साहित्यानुरागी महानुभावहरुले पुष्प गुच्छा तथा खादा अर्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

साहित्यकार गिरीले स्वर्गिय बलको व्यक्तित्व र कृतिका ’boutमा प्रकाश पार्नु भएको थियो। आज हामी अमेरिकामा छरिएर रहेता पनि यो श्रद्धाञ्जली सभामा एकत्रित भएका छौं भनि कवि “प्रेरणा” ले स्व.कवि बलको नेपाली भाषा साहित्य प्रतिको समर्पणलाई अझ उजागर गर्नु भएको थियो। उक्त श्रद्धाञ्जली सभामा नेपाली अनलाईन पत्रिका हाम्रो समाज डट नेटका प्रधान सम्पादक तथा कवि गीतकार श्री ध्रुव थापाले पनि स्व.कवि बलको साहित्यिक यात्राका ’boutमा चर्चा गर्नु भएको थियो।

श्रद्धाञ्जली सभामा वहाँको ’boutमा यस प्रकारको अभिव्यक्तिहरु वक्ताहरुले राखेका थिए “नेपाली कवितामा एउटा मौलिक शैली र विचारका संयोजक भविष्यवादी दर्शन र राष्ट्रिय चिन्तनको प्रतिनिधि गर्नु हुने बल अब हामी माझ हुनु हुन्न तर वहाँको विचार र भावना कविता र साहित्यको मध्यममा सधै हामी संग रहिरहने छ। वहाँको कवितामा देशप्रेम उच्च छ, आजको समयले विविधता र एकताको कुरा गर्दैछ, उसैबेला उहाँले भन्नुभएको थियो तर वहाँले आफ्नो कवितामा भन्नु भयोको थियो “काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन”….. तीन दशकका शक्तिशाली कविहरूमा कृष्णभूषणलाई हामी न सोची रहनै  सक्दैनौ यसैले वहाको कमि हामीलाई अमेरिका र विश्वको हरेक कुनामा रहेका साहित्यानुरागी माझ खड्की रहने छ।”

उक्त सभामा कवि मणि दहाल, सुमन दाहाल, क्यालिफोर्निया नेपाली समाजका अध्यक्ष टीकाराम सुबेदी, डा.जीत बराल, नाफ्कामा उपाधक्ष श्रीमती तारा बराल, पुष्प मानन्धर, दिनेश देव, देवकी ढकाल, प्रसिद्ध थापा लगायत अन्य थुप्रै साहित्यानुरागीहरुको उपस्थिति थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Information

This entry was posted on जुलाई 23, 2012 by in प्रेस बिज्ञप्ति,,साहित्य,.

मेनु

Enter your email address to follow this blog and receive notifications of new posts by email.

Join 43 other followers

हाम्रो पत्रिकाको ’boutमा केहि जानकारी चाहिएमा सम्पर्क गर्नु होला अथवा हामीलाई आफ्नो मौलिक लेख रचनाहरु पठाउनुहोस. उचित लागे प्रकाशित गरिनेछ सम्पर्क इमेल :dalsingtara@gmail.com,

%d bloggers like this: